महिला साफ च्याम्पियनसिप : श्रीलंका र भारत सेमिफाइनलमा प्रवेश

विराटनगर । श्रीलंका र भारत जारी महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

समूह ‘बी’बाट श्रीलंका र भारत एक खेल अगावै प्रतियोगिताको अन्तिम चारमा पुगको हो । शहिद रंगशालामा शुक्रवार भएको खेलमा श्रीलंकाले माल्दिभ्सलाई २-० गोल अन्तरले पराजित ग-यो ।

प्रतिस्पर्धात्मक खेलको ४० औँ मिनेटमा श्रीलंकाको लागि चालिनी कुमारीले पहिलो गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाइन् । पहिलो हाफसम्म १-० को अग्रता लिएको श्रीलंकाले दोस्रो हाफमा थप एक गोल थप्यो ।

५० औँ मिनेटमा पुनः चालिनीले दोस्रो गोल गरिन । निर्धारित समयसम्म माल्दिभ्सले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा २-० को हार बेहोर्यो । अब समूह विजेताको बन्नको लागि भारतले श्रीलंकासँग भिड्ने छ ।

यो हारसँगै मादिल्भ्स भने प्रतियोगिताबाट बाहिरिएको छ । त्यस्तै समूह ‘ए’बाट भने नेपाल र बंगलादेश सेमिफाइनलमा पुगिसकेको छ । भोली ‘शनिवार’ हुने खेलबाट समूह ‘ए’को विजेताको टुङगो लाग्नेछ ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?