त्रिकोणात्मक टी–२० श्रृखला : यूएईले नेपाललाई दियो १४१ रनको लक्ष्य

लोकपथ
49
Shares

काठमाडौं। त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय श्रृखलाअन्तर्गत यूएईले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ।

मुलपानी क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको जिम्मा पाएको यूएईले, निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४० रन जोडेको हो । यूएईका लागि बासिल हमिदले सर्वाधिक ५१ रन बनाए।यस्तै अली नासिरले पनि ३२ रन जोडे ।

५२ रनमा ४ विकेट गुमाएको अवस्थामा उनीहरुले अर्धशतकीय साझेदारी गरेका हुन्। नेपालका करन केसीले ३, गुल्सन झाले २ तथा अविनाश बोहरा र सोमपाल कामीले समान एक विकेट हात पारे।

विश्वकप छनोटका तयारीका लागि नेपालले यो प्रतियोगिता आयोजना गरेको हो। नेपालले हङकङसँग पनि प्रतिस्पर्धा गर्ने छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?