जानकी मन्दिरमा पूर्वराजा ज्ञानेन्द्रको स्वागत ‘रेड कार्पेट’मा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा जनकपुरको जानकी मन्दिरमा ‘रेड कार्पेट’ ओछ्याइएको छ । 

बुधवार प्रदेश २ को राजधानी जनकपुरधाम पुगेका शाहले आज साँझ जानकी मन्दिरमा पूजापाठका गर्ने भएका हुन् । मन्दिरमा पूजापाठ गर्न आउन लागेका शाहको स्वागतका लागि उनका समर्थहरुले ‘रेड कार्पेट’ ओछ्याएका हुन् । 

पूर्वराजा जनकी मन्दिर आउने खबर पाएपछि सयौंको संख्यामा उनका समर्थक त्यस क्षेत्रमा भेला भइसकेका छन् । 

समर्थकले ‘हाम्रो राजा हाम्रो देश’को नारा लगाउँदै उनका स्वागतका लागि उपस्थित भएका छन् ।  

यसैबीच हिजो (बिहीवार) पूर्वराजा शाहले सर्लाहीको मलंगवास्थित भगवतीको दर्शन गर्नका साथै विशेष पूजापाठ गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?