यू-२३ राष्ट्रिय फुटबल टिमको घोषणा

काठमाडौं । अखिल नेपाल फुटबल संघ ‘एन्फा’ यू-२३ राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ । 

‘एन्फा’ कतारमा हुने एएफसी यू-२३ च्याम्पियनसिप छनोटका लागि नेपाली टिमको घोषणा शुक्रवार गरेको हो ।

नेपाली टिममा अमित तामाङ, अनन्त तामाङ, अन्जन बिष्ट, अविशेक रिजाल,  एरिक बिष्ट, अर्पण कार्की, बिमल घर्ति मगर, बिश्वास श्रेष्ठ, दिनेश राजवंशी, असिम भुसाल, विकास खवास, र गौरब बुढाथोकी रहेका छन् ।

त्यस्तै रोमन रसाइली, हेमन्त थापा मगर, कमल श्रेष्ठ, प्रिजन तामाङ, धिरज श्रेष्ठ, छिरिङ गुरुङ, नितिन थापा, सुमन अर्याल, सुनिल बल, तेज तामाङ र दिप कार्की छन् । 

टोलीको मुख्य प्रशिक्षक बाल गोपाल महर्जन र सहायक प्रशिक्षक सुमन श्रेष्ठ रहेका छन् । छनोटको समूह ‘ए’ मा रहेको नेपालले कतार, ओमान र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । 
च्याम्पियनसिप यहि मार्च २२ देखि २६ सम्म चल्नेछ । 

नेपालको खेल तालिका
२२ मार्च- नेपाल र ओमान

२४ मार्च-नेपाल र कतार 

२६ मार्च- नेपाल र अफगानिस्तान 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?