काठमाडौं । त्रिकोणात्मक श्रृखला अन्तरगत नेपाल र यूएईबीचको टि–२० क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको हो ।
टस जितेर फिल्डिङ रोजेको नेपाललाई यूएईले १ सय ४१ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले १८.५ ओभरमा यूएईले दिएको लक्ष्य ३ विकेट गुमाउदै पूरा गर्यो ।
नेपालको जीतमा कप्तान रोहित पौडेलले ५१ र दीपेन्द्रसिंह ऐरीले ३४ रन जोडेका छन् । त्यस्तै, आसिफ शेख २३, कुशल भुर्तेल १४ र कुशल मल्ल ११ रन जोडेर आउट भए ।
त्यसअघि ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४० रन जोडेको थियो । यूएईका लागि बासिल हमिदले सर्वाधिक ५१ रन बनाएका थिए । अली नासिरले पनि ३२ रन बनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया