काठमाडौं । त्रिकोणात्मक क्रिकेट सिरिज हङकङविरुद्ध नेपालले शानदार सुरुआत गरेको छ । मुलपानी क्रिकेट मैदानमा जारी खेलमा नेपालले हङकङको पाँच विकेट लिएको छ ।
नेपालका लागि करण केसीले सुरुआतमै तीन विकेट लिए । त्यस्तै, सोमपाल कामी र कुशल मल्लले एक एक विकेट लिए । खेलको पहिलो बलमै करणले निजाकत खानलाई बोल्ड गरेका थिए ।
पहिलो खेलमा बुधबार यूएईलाई ७ विकेटले पराजित गरेर नेपालले शानदार सुरुआत गरेको थियो ।
सिरिजमा नेपाल सहित यूएई र हङकङ समावेश छन् । सिरिजको फाइनल खेल कात्तिक १० गते शुक्रबार त्रिवि मैदान कीर्तिपुरमा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया