चलचित्र ‘दाल भात तरकारी’को प्रदर्शन मिति किन सारियो ?

काठमाडौं । नेपालि चलचित्र ‘दाल भात तरकारी’ तोकिएको मितिमा प्रदर्शनमा नआउने भएको छ । 

चलचित्र ‘दाल भात तरकारी’ आगामी वैशाख १३ गतेदेखि अल नेपाल प्रदर्शनमा आउने भनिएपनि टेक्निकल काम नसकिएको भन्दै एक सातापछि सारिएको हो । 

चलचित्रका प्रस्तुतकर्ता किरण केसीका अनुसार चलचित्रको टेक्निकल कामहरु सकिएको छैन । यहिकारण हामीले चलचित्र एक साता पछाडि सरेका छौं ।

वैशाख १३ गतेदेखि प्रशर्दनमा आउने चलचित्र ‘दाल भात तरकारी’ वैशाख २० गते अल नेपाल प्रदर्शन हुनछ ।

सुदन केसीले निर्देशन गरेको यो चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेलका साथै बसुन्धरा भुसाल, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर वाङ्देल, अनुराग कुावर, विल्सन विक्रम राई, सुरेन्द्र केसी लगायतका कलाकारले अभिनय गरेका छन् । 

मह सञ्चारको व्यानरमा निर्माण भएको यस चलचित्रमा शम्भुजित बास्कोटाको संगीत रहेको छ भने दीर्घ गुरुङको छायांकन गरेका छन् । चलचित्रलाई मित्र डी गुरुङको सम्पादन रहेका छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?