काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो २९औं वार्षिकोत्सव मनाएको छ ।
बैंकले प्रधान कार्यालयमा २५ वर्ष भन्दा बढी सेवा गर्ने कर्मचारीहरुलाई सम्मान तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ ।
बैंकले सेवा अवधिको २५ वर्ष पूरा गरेका २८ जना कर्मचारीहरूलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले विषेश सम्मान गरेका छन् ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोपिला भ्याली सेवा समाज सुर्खेतलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
बैंकका नायब महाप्रबन्धक केशवप्रसाद पौडेलले कोपिला भ्याली सेवा समाज सुर्खेतको तर्फबाट ब्लिङ्कनाव फाउन्डेशनका राष्ट्रिय प्रतिनिधि डा. एसपी कलौनीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।
बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती र बजार अधिकृत एलिना कार्की तथा बिल्ङक नाउ फाउण्डेसनका तर्फबाट साझेदारी प्रबन्धक अस्रिना रंजितको समेत उपस्थिति रहेको थियो ।
बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६२ एटीएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ ।
यस बैंकले सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया