शुक्रबार पुनः १६ अर्ब ४९ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री हुने

लोकपथ
35
Shares

काठमाडौं । भोलि शुक्रबार नेपाल राष्ट्र बैंकले पुन १६ अर्ब ४९ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सो दिन अपरान्ह १२ः३० बजेसम्म पुरानो नविकरण अन्र्तगतको उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको जानकारी राष्ट्र बैंकले दिएको छ ।

जारी मिति कात्तिक १० गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने छन् ।

बिक्री गरिने कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको आठ अर्ब, ९१ दिने अवधिको ४९ करोड, एक सय ८२ दिने अवधिको छ अर्ब र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैंयाँ बराबरको रहेको राष्ट्र बैंकको भनाई छ ।

यि ट्रेजरी बिलहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० मंसिर पाँच गते, २०८० माघ नौ गते, २०८१ बैशाख ११ गते र २०८१ कात्र्तिक छ गते तोकिएका छन् ।

यसअघि यही असोज २९ गते पनि १८ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरिएको जानकारी राष्ट्र बैंकले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?