काठमाडौं । त्रिकोणात्मक क्रिकेट सिरिज हङकङविरुद्ध नेपालले शानदार बलिङ गरेको छ । मुलपानी क्रिकेट मैदानमा हङकङले नेपाललाई ९५ रनको लक्ष्य प्रसतुत गरेको छ । हङकङले १९.३ ओभरमा ९४ रन बनाउँदा अलआउट भयाे ।
करण केसीले एक्लैले ४ विकेट लिएका छन् । त्यस्तै, अविनाश बोहोरा र सोमपाल कामीले २-२ तथा कुशल मल्ल र मौसम ढकालले एकएक विकेट लिए ।
खेलको पहिलो बलमै करणले हङकङका निजाकत खानलाई बोल्ड गरेका थिए ।
पहिलो खेलमा बुधबार यूएईलाई ७ विकेटले पराजित गरेर नेपालले शानदार सुरुआत गरेको थियो । सिरिजमा नेपाल सहित यूएई र हङकङ समावेश छन् । सिरिजको फाइनल खेल कात्तिक १० गते शुक्रबार त्रिवि मैदान कीर्तिपुरमा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया