न्युजिल्याण्ड आक्रमणका मुख्य आरोपी ट्यारेन्टलाई हिरासतमा राख्न अदालतको आदेश

एजेन्सी । न्युजिल्याण्ड आक्रमणका मुख्य आरोपी बे्रन्टन ट्यारेन्टलाई हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । उनलाई ५ अप्रिलसम्म हिरासतमा राख्न अदालतले आदेश दिएको हो । 

२८ वर्षीय अष्ट्रेलियन मूलका ब्रेन्टनलाई शनिवार अदालतमा पेश गरिएको थियो ।

शुक्रवार न्युजिल्याण्डको क्राइस्टचर्चस्थित अलनुर मस्जिदमा आक्रमण गरेर ४९ जनाको ज्यान लिएको आरोप ब्रेन्टनमाथि छ । 

नमाज चलिरहेको बेला उनले शुक्रवार अन्धाधुन्द गोली चलाएका थिए । 

मस्जिदमा गरेको आक्रमणको फेसबुकमार्फत उनले लाइभसमेत गरेका थिए । 

उनलाई प्रहरीले शुक्रवानै पक्राउ गरेको थियो । 

साथै हिजै लिनवुड मस्जिदमा पनि आक्रमण भएको थियो ।

आक्रमणकारी अष्ट्रेलियन मूलका फिटनेस इन्स्ट्रक्टर हुन् । 

उनलाई अदालतमा पेश गरिँदा हतकडी लगाइएको थियो भने उनले आफूले आक्रमण गरेको स्वीकार गरेको बीबीसीले उल्लेख गरेको छ । 

यो घटना भएको दिनलाई प्रधानमन्त्री जेसिन्डा अर्डनले ‘कालो दिन’को संज्ञा दिएकी छन् । साथै उनले बन्दुकसम्बन्धी कानून संशोधन गरिने  समेत बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?