‘छक्कापञ्जा २’ पुनः प्रदर्शन हुँदै

काठमाडौं । नेपालि चलचित्र ‘छक्कापञ्जा २’ पुनः प्रदर्शनमा आउने भएको छ । आगामी नयाँ वर्षलाई मध्यनजर गर्दै वैशाख दोस्रो साता ‘छक्कापञ्जा २’ पुनः प्रदर्शनमा आउन लागेको हो । 

फिल्मका निर्माता एवं कलाकार दीपकराज गिरीले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त कुराको जानकारी दिएका हुन् । 

उनले लेखेका छन्, ‘दर्शकहरुको चाहना बमोजिम ‘छक्कापञ्जा २’ नेपालमा वैशाख १३ गते पुनः प्रदर्शन हुँदैछ, साथै विदेशमा रहेका नेपाली दर्शकका लागि पनि सोही महिना फिल्म देखाउने तयारी भएको उनले बताएका छन् । 

यसैबीच वैशाख १३ गते नै हलिउड फिल्म ‘एवेन्जर्स : इण्ड गेम’ पनि प्रदर्शनमा आउँदैछ । 

सोही दिन प्रदर्शन हुने मिति तय भएको नेपाली चलचित्र ‘दाल भात तरकारी’ भने एक साता पर सारीएको छ । उक्त चलचित्र वैशाख २० गतेदेखि अल नेपाल प्रशर्दन हुने भएको छ । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?