कुमारी बैंकको ‘बडा दशैं क्यास ब्याक तथा दक्षिणा योजना’

लोकपथ
77
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गर्दै आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा सहित सार्वजनिक गरेको ‘बडा दशैं दक्षिणा’ र ‘Cash back Offer’योजना लाई थप समयको लागि निरन्तरता दिएको छ।

नेपाली बैंकिङ्ग क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंक लिमिटेडकोे ‘Cash back Offer’ योजनाले महान चाड दशैंको हर्षोल्लासलाई थप अभिवृद्धि गर्ने छ । यस योजनामा पनि कार्ड तथा मोबाइल बैंकिङ्गमार्फत भुक्तानि कारोबार गर्दा हरेक दिन पहिलो ५०-५० जनालाई बैंकद्वारा २५% अधिकतम ५०१ सम्म Cash back  दिइने छ ।

चाडबाडको यस अवसरमा कुमारी बैंक लिमिटेडले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरुप उपरोक्त सुविधाहरु आगामी कातिक ६ देखी कातिक ११ गते सम्मका लागि समेत निरन्तर रहने जनाएको छ ।

साथै, कुमारी बैंक लिमिटेडले बडा दशैं को विशेष दिन विजया दशमीका दिन आफ्ना ग्राहकहरुलाई थप आकर्षक सुविधा सहित ‘‘Cash back Offer’ ’ सँगै ‘बडा दशैं दक्षिणा’ योजना समेत सार्वजनिक गरेको छ ।

यस योजनामा कात्तिक ७ गते विजया दशमीका दिन मोबाइल बैंकिङ्ग मार्फत रकम स्थानान्तरण  कारोबार गर्दा नदोहोरिने गरी पहिलोे १४०० जना ग्राहकहरुलाई बैंकद्वारा रु ५० cashback दिइने जनाएको छ । cashback का लागि योग्य हुन न्युनतम कारोबार रु १०० हुनुपर्नेछ ।

माथि उल्लेखित दुवै इााभच हरु विहान ८ बजे देखि राति ११ः ५९ बजे सम्म गरीएका कारोबारमा लागु हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?