एफए कप फुटबल : म्यान्चेस्टर सिटी र उल्भ्स अन्तिम चारमा प्रवेश, म्यान्चेस्टर युनाइटेड बाहिरियो

एजेन्सी । म्यान्चेस्टर सिटी जारी एफए कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

शनिवार राति सम्पन्न भएको खेलमा म्यान्चेस्टर सिटीले स्वान्से सिटीलाई नाटकिय जित हात पार्दै अन्तिम चारमा पुगेको हो । सिटील स्वान्सेलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । खेल शुरु भएको २० मिनेट पनि बित्न नपाउँदै स्वान्से सिटीका लागि ग्रिमेसले पेनाल्टीमार्फत पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । 

त्यस्तै २९ औँ मिनेटमा बर्सेट सेलिनाले गोल गर्दै खेललाई २-० को स्थितीमा पु-याए । खेलको पहिलो हाफसम्म २-० गोल अन्तरले पछि परेको म्यान्चेस्टर सिटीले दोस्रो हाफमा तीन गोल ग-र्यो । ६९ औँ मिनेटमा सिटीका बेर्नान्डो सिल्भाले गोल गरे ।

७८ औँ मिनेटको खेलमा स्वान्सेका गोल रक्षक क्रिस्टोफर नार्डफेल्डले आत्मघाती गोल गरे । ८८ औँ मिनेटमा सर्जियो अग्युरोले गोल गरेपछि स्वान्से स्तब्ध बनेको थियो । 

त्यस्तै शनिवार राति नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडल उल्भ्ससँग २-१ गोल अन्तरले पराजित भएको छ । उल्भ्सको जितमा खेलको ७० औँ मिनेटमा जेमिनेज र ७६ औँ मिनेटमा जोटाले समान एक-एक गोल गरे ।

युनाइटेडका लागि खेल सकिनै लाग्दा रासफोर्डले गोल गरे । यो जितपछि उल्भ्स भने सेमिफाइनलमा प्रवेश गरेको छ भने म्यान्चेस्टर युनाइटेड भने प्रतियोगिताबाट बाहिरिएको छ । 

यता वार्डफोडले क्रिस्टल प्यालेसलाई २-१ गोल अन्तले हरायो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?