ईश्वर पोखरेलको अनुभवमा कस्तो हुनुपर्दछ दसैँ ? (भिडियोसहित)

दसैँ भन्ने बित्तिकै हाम्रो सामाजिक सांस्कृतिक पर्वको रुपमा बुझिन्छ । दसैँ सामाजिक सांस्कृतिक पर्व भएको कारण यो सामाजिक सद्भावको स्रोत हो । दसैँ लगायतका पर्व सामाजिक सद्भावलाई अभिवृद्धि गर्ने एउटा पर्व हो । दसैँ मनाइरहँदा टिका लगाउँने मात्र होइन, यसको अन्तरनिहित आधार भनेको के हो भने सामाजिक सद्भावको आधारको रुपमा हामीले बुझ्नुुपर्दछ ।

हाम्रो देश बहुजाती, बहु भाषा, बहुु धर्म, बहुु संस्कृती र भौगोलिक विविधता भएको मुलुक हो । कुनै एउटा जातीको बहुुमत नभएको अल्पसंख्यकहरुले बसोबास गरेको भुगोल हो । कुनै जाती संख्यामा ठूलो होला, कुनै जाती संख्यामा सानो होला । त्यसकारण अनेक जातीका अनेक संस्कृती छन् सामाजिक मूल्यमान्यता छन् । ती सबैलाई हामीले सौहार्दताका साथ लिनुपर्दछ । दसैँ त्यस्तै सामाजिक सांस्कृतिक सौहार्दता सिर्जना गर्ने अवसर पनि हो ।

बाल्यकालको दसैँ

बाल्यकालको दसैँ हामी सामान्य रुपमा नै मनाउँथ्यौँ । टिकाटालो गर्ने, पिङ खेल्ने, रमाइलो गर्ने यस्तै यस्तै हुन्थ्यो । पछिल्लो समय राजनीतिमा लागिसकेपछि हामीले ती अवसरहरु गुमाउँदै गयौँ र राजनीतिक हिसावकितावले हामीले त्यसलाई बुझ्दै गयौँ । अहिले चाँही यसलाई हामी सामाजिक सद्भाव र राष्ट्रिय एकता अभिवृद्धि गर्ने अवसरको रुपमा अगाडी बढाउन चाहान्छौँ ।

अविस्मरणीय दसैँ

उल्लेखनीय हिसावले कुनै दसैँ महत्वपूर्ण थियो भन्ने होइन । सबै दसैँहरु रमाइलो गरी नै आउने गर्छन् । रमाइलो गरि नै दसैँहरु मनाइन्छन् । त्यो रमाइलोमा बुझाइको् हिसावले भिन्नता हुन सक्छ । आज म जुुन चेतनाले दसैँलाई म बुझ्दछु बाल्यकालमा त्यो हुन्थेन । हामी खाली रमाइलोको रुपमा मात्रै लिन्थ्यौँ । अहिलेचाँही सामाजिक सद्भाव अभिवृद्धि गर्ने र जुन सामाजिक सद्भावले हाम्रो राष्ट्रिय एकता टिकेको हुन्छ त्यस हिसावले म बुझ्दछु ।

राजनीतिक मान्छेको दसैँ

राजनीतिक मान्छेले होस् या राजनीतिमा प्रत्यक्ष संलग्न नभएको मान्छेले होस् यो सामाजिक सद्भाव अभिवृद्धि गर्नेगरी अघि बढ्नुुपर्छ । कुनै एउटा जातीप्रति विभेद गर्ने, अवमूल्यन गर्ने, कुनै जातीका भाषा, धर्म र संस्कृतीलाई अवमूल्यन गर्ने होइन त्यसलाई अभिवृद्धि गर्नुपर्दछ । म एउटा राजनीति गर्ने व्यक्ति भएका कारण पनि त्यसलाई त्यसरी नै मनाउनुपर्दछ ।
म दसैँलाई बोझको रुपमा लिग्दिन । सामाजिक सद्भावलाई अभिवृद्धि गर्ने अभियानको रुपमा कार्यक्रमको रुपमा लिँदै परिवार र समाजलाई अघि बढाउन चाहान्छु ।

अहिलेको दसैँ पनि आम रुपमा मनाउने सोचिरहेको छु । दसैँको सवल पक्ष भनेको सामाजिक सद्भाव अभिवृद्धि गर्ने अवसरको रुपमा लिनुुपर्दछ । कतिपय अन्धविश्वासी कुराहरु छन् भने समाजलाई अघि बढाउने कुरामा बाधक छन् भने ती कुराहरुलाई हामीले ख्याल गर्नुपर्दछ । होइन भने आम रुपमा सामाजिक सद्भावलाई अघि बढाउने कुरामा अघि बढाउनुुपर्दछ ।

(लोकपथका लागि विप्लव जम्कटेलले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?