काठमाडौंको तारकेश्वरमा बर्डफ्लु भेटियो, तीन हजार कुखुरा नष्ट

काठमाडौं । काठमाडौंको तारकेश्वरमा बर्डफ्लु भेटिएको छ । तारकेश्वर नागरपालिका १ साङ्लाखोलामा १३ वटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लुका जीवाणु भेटिएको हो । 

योसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राविधिक नै खटाएर काठमाडौंमा ३ हजार कुखुरा नष्ट गरेको पशु सेवा विभागका महानिर्देशक विमलकुमार निर्मलले जानकारी दिए ।

यसअघि मात्रै हेटौँडामा बर्डफ्लु भेटिएकोक थियो । हेटौँडामा करिब २१ हजार कुखुरा नष्ट गरिएको महानिर्देशक निर्मलले जानकारी दिए । 

तारकेश्वरमा गत जेठमा पनि बर्डफ्लु भेटिएको थियो भने करिब चार हजार हाँस र कुखुरा नष्ट गरिएको थियो ।

प्रभावित क्षेत्रमा भोलि पनि कुखुरा नष्ट गर्ने कार्यक्रम रहेको पशु सेवा विभागका महानिर्देशक निर्मलले जानकारी दिए । 

सरकारले तारकेश्वर र हेटौँडाका प्रभावित क्षेत्रमा कुखुरा र अण्डाका साथै पंक्षीजन्य वस्तुको ओसारपसारमा रोक लगाएको छ । 

किसानले बर्डफ्लुका कारण नोक्सानी भएको भन्दै प्रति कुखुरा ४ सय ३ रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको जिल्ला दररेट समितिसँग आग्रह गरेका छन् । बर्डफ्लुका कारण मारिएका कुखुरावापत किसानलाई नोक्सानीको ७५ प्रतिशतसम्म क्षतिपूर्ति दिने व्यवस्था छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?