रिमा विश्वकर्माले होस्टेलमा बिताएको त्यो दशैँ (भिडियोसहित)

लोकपथ
945
Shares

मैले मेरो बाल्यकालका धेरै दशैँहरु हस्टेलमा बिताएको हो । त्यसैले मेरो दशैँमका टिचरले टिका लगाएर कति पैसा दिनुहुन्छ भन्ने कुरामा केन्द्रित हुन्थ्यो ।

हामी होस्टेलमा मिठो परिकार पाक्छ भनेर खुसी हुन्थ्याैँ । बाल्यकालमा दशैँ भनेको पिङ खेल्ने, मिठोमिठो खाने दक्षिणा बटुल्नेमा नै केन्द्रित हुन्थ्यो । होस्टेल पछिको दशैँ खासै रमाइलो भएन । घरको ठुलाबडा मान्छेहरुले अरु नै धर्म मान्ने भएका कारण दशैँको जिम्मेवारी सबै आफूमा आयो । आफूभन्दा साना भाई बहिनिलाई सिकाउनको लागी भए पनि सबै रितिरिवाज गर्नु पर्यो ।

भाई बहिनि आफैँले पुजाहरु गर्छन् । आमाले क्रिश्चियन धर्म मान्नुहुन्छ । तर पनि उहाँहरुले टिका नलगाउनु भए पनि हामीलाई भने टिका लगाई दिनुहुन्छ । हामी सबै दशैँ लगायत चाडलाई धेरै रमाइलो गरी मनाउँछौँ ।

दशैँ भनेको पारिवारिक जमघट हो । पहिला सबै जिम्मेवारी बुबा आमाको काँधमा हुन्थ्यो अनि पो रमाइलो हुन्थ्यो । तर अहिले सबै जिम्मेवारी आफ्नो काँधमा हुने भएकोले पहिलाको जस्तो रमाइलो हुँदैन ।

आफ्नो लागी भन्दा पनि घरमा भएको साना बालबालिकाको लागि दशैँ मनाउने माहोल बनाइदिने भन्नेमा बढी केन्द्रीत हुन्छ । यो दशैँमा घरमा नयाँ परिकार बनाउने सोचमा छु ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?