हामी गाउँमा हुर्किएको मान्छे, दसैँ भन्ने बित्तिकै नयाँ लुगा मासु भात भन्ने कुराको याद आउँछ । हामी ठूलो परिवारमा हुुर्किएको मान्छे, हाम्रो परिवारको संख्या ठूलो थियो । त्यस हिसावले पनि भनेको जस्तो दसैँ उल्लास हुन्थेन । आर्थिक अवस्थाले हामी सबै दिदिबहिनी लगायत भाइहरु लगायतलाई पुर्याउनुुपर्ने थियो । अझ हामीसँग हजुुरआमा पनि हुनुहुुन्थ्यो । बाबा एक जनाको जागिरले चाँही सबैलाई धान्नुुपर्ने थियो । सरदरमा हेर्दा बाल्यकालको दसैँ नयाँ लुगा लगाउन दसैँ नै कुनुपथ्र्यो । ग्रामीण भेगमा अधिकांश अहिले पनि त्यस्तै छ ।
मेरो अनुभव चाँही दसैँको बेला नयाँ लुगा लगाउन पाइन्छ भन्ने बाल्यकाल बित्यो । गाउँमा प्राय रेगुलर मासु त काटिन्थ्यो । त्यतिबेला प्रयाप्त मात्रामा चिकेनको व्यवस्था पनि हुन्थेन गाउँमा । त्यतिबेला चाँही दसैँमा ‘वाइल्ड’ मासु खान पाइन्छ भन्ने सन्दर्भमा मैले मेरो बाल्यकाल मिस गर्छु ।
दसैँ भनेसी गाउँमा प्रायजसो नयाँ मान्छेहरुको आगमन हुन्थ्यो । शहरमा बसेर पढेका मान्छेहरु गाउँमा फर्किने चलन हुन्थ्यो र अहिले पनि छ । त्यसैगरी विदेशमा गएका मान्छेहरु गाउँमा फर्किने चलन हुन्थ्यो, त्यसको साथसाथै नयाँ मान्छेको आगमन हुुन्थ्यो । बाटोघाटो सरसफाइ हुुने गरेको थियो । अरु बेलामा बोलचाल नहुने मान्छेहरु पनि दसैँका बेला चाँही बोल्ने हुन्थ्यो त्यसले गर्दा पनि दसैँ सबैका लागि विशेष थियो । सबैमा एकजुटको भावनाले गर्दा चाडपर्व आउँदा विशेष महत्व रहने गरेको छ ।
मेरो लागि २०२१ को दसैँ अलि अविश्मरणीय छ । त्यसबेलम म कतारमा इन्जूर्ड (घाइते) थिए । त्यतिबेला कतारमा रहनुभएका दिदिहरुसँग दसैँ मनाएँ । तर नेपालमा रहेको परिवारलाई धेरै मिस गरेँ । आफू इन्जूर्ड हुँदा परिवारको साथ चाहिन्छ भन्ने थाहा हुुँदा हुँदै पनि म परिवारबाट टाढा थिएँ । त्यसले गर्दा अविश्मरणीय दसैँ चाँही म त्यसलाई मान्न चाहान्छु ।
बाल्यकालको दसैँहरु विभिन्न कुराहरुले यादगर हुने गरेको छ । सानोमा टिका लगाइसकेपछि पाइने दक्षिणा चाँही दिदिबहिनीमा कम्पिटिसन हुन्थ्यो । दिदिबहिनीहरुमा दक्षिणा तलाई कति दिनुभयो, तेरो कति भयो भन्ने कम्पिटिसन हुन्थ्यो । मेरो धेरै छ तेरो थोरै छ, अथवा तेरो धेरै छ भेरो थोरै छ भन्ने हुन्थ्यो त्यतिबेला । त्यसपछि विस्तारै म्याचुअड भैसकेपछि पैसा भन्दा पनि बाबुु आमाको आशिर्वाद ठूलो रहेछ भन्ने सिक्दै आइयो । सानो बेलामा चाँही केही पनि थाहा थिएन त्यहि भएर दसैँको बेलामा चाँही टिका लगाइसकेपछि दक्षिणा पाइन्छ भन्ने लाग्थ्यो ।
यसपालीको दसैँ चाँही म आफैँ घर जाँदैछु । लगभग ५–७ महिनापछि घर जाँदैछु । सबै परिवारसँग भेट गर्दैछु । अनि गाउँमा फुटबल टुर्नामेन्ट छ त्यसमा पनि आफू सहभागि हुनेछु ।
दसैँको राम्रो पक्ष भनेको आफूभन्दा ठूला व्यक्तिहरुबाट आशिर्वाद ग्रहण गरिन्छ । गाउँमा जतिपनि नयाँ मान्छेको आगमन हुन्छ, उहाँहरुसँग मेलमिलाप हुन्छ, जतिपनि शहरमा बसेर पढ्नु हुने तथा विदेश जाने साथीभाइहरु उहाँहरु पनि देशमा भित्रिएर दसैँ मनाउने माहोल बनाएर आइदिनुहुन्छ, साथीहरुसँग भेट्ने त्यो माहोल हुन्छ ।
नराम्रो पक्ष भनेको अहिले सामाजिक सञ्जालको बिकृती, देखावटी पनि धेरै छ । धनीमानीलाई त ठिकै छ तर ग्रामीण भेगमा चाँही अझै पनि असर गर्छ धेरै जनालाई असर गर्छ त्यसैले त्यसलाई चिरेर अघि बढ्नुपर्छ ।
२०८० सालको विजया दशमीको देश तथा विदेशमा रहनुभएका सबैमा हार्दिक मंगलमय शुुभकामना व्यक्त गर्न चाहान्छु ।
(लोकपथका लागि विप्लव जम्कटेलले गरेको कुराकानीमा आधारित)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया