गगन थापा जनकपुरमा, सीके राउत र पूर्वराजालाई तीखो प्रहार

धनुषा । प्रमुख प्रतिपक्षी दलका नेता तथा सांसद गगन थापा शुक्रवार तराई–मधेश पुगेका छन् । 

यसैबीच सरकारसँग ११ बुँदे सहमति गरेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउत र पूर्वराजा ज्ञानेन्द्र शाह यतीबेला प्रदेश २ को राजधानी जनकपुरधाम मै छन् । 

सीके राउतले सरकारसँग सहमति गरेको तीन दिनपछि जनकपुर पुगेका थिए भने पूर्वराजा शाह गत बुधवार धार्मिक यात्राका लागि भन्दै जनकपुर पुगेका हुन् । 

शुक्रवार जनकपुरधाम पुगेका गगन थापाले पूर्वराजा शाह र सीके राउतका बारेमा विभिन्न टिकाटिप्पणी समेत गरे ।  

कांग्रेस नेता थापाले विभिन्न मठमन्दिरमा पूजाआजा गर्दै हिँडेका पूर्वराजा शाहमाथि तीखो प्रहार गरेको छन् । ‘मूर्ति समेत नछाड्ने’ ज्ञानेन्द्रबाट डराउनु नपर्ने प्रतिक्रिया दिँदै उनले भने, ‘अहिले डराउनुपर्ने चाँहि ओली सरकारसँगै हो ।’ 

यसैगरी सरकारसँग ११ बुँदे सहमति गरेकार राजनीतिको मूल धारमा आएका सीके राउतबाट पनि मुलुकलाई कुनै डर नभएको बताए । 

‘सीके राउतले स्वतन्त्र मधेशको कुरा उठाए पनि काठमाडौंबासी हैरान हुनुपर्दैन’ उनले भने, ‘सीके राउतलाई मधेशकै जनताले हेरिहाल्छन् नी ।’

यतिबेला पूर्वराजादेखि विभिन्न राजनीतिक दलका नेताहरुको केन्द्र बिन्दु मधेश भएको छ । योसँगै पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस नेत थापा जनकपुरमा एक कार्यक्रमलाई सम्बोधन गर्न पुगेको स्रोतले जनाएको छ । 

सम्बोधनका क्रममा नेता थापाले भने, ‘जस्तो सुकै शक्ति यहाँ ‘मधेश’मा आए पनि खतरा भने केन्द्रीय सरकारबाट नै छ ।’  साथै केपी शर्मा ओली नेतृत्वको संघीय सरकारबाट प्रदेश २ र समग्र देशलाई खतरा रहेको भन्दै उनले भने, ‘यो खतराविरुद्ध सबै एक भएर लाग्न पर्छ ।’

यसैबीच सीके राउतले यही चैत ४ र ५ गते जनकपुरमै राष्ट्रिय परिषदुको बैठक बोलाएका छन् । 

बैठकमा सरकारसँग गरेको सहमतिको अनुमोदन र समीक्षा हुने गठबन्धनका कोष संयोजक दिपक शाहले बताएका छन् । सो बैठकमा सहभागी हुन मधेशका २२ वटा जिल्लाका जनप्रतिनिधि जनकपुर आउने कार्यक्रम रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?