हङकङ । नेपाली धावक अजित कुमार यादवले तेस्रो एशियन युथ एथ्लेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेका हुन् ।
हङकङमा आइतवार सम्पन्न भएको ३ हजार मिटरको दौडमा उनले भारत र यमनका खेलाडीलाई पछि पार्दै उपाधि जितेका हुन् । उनले निर्धारित दौड ८ मिनेट ३० दशमलब ३२ सेकेन्डमा पुरा गर्दै ऐतिहासिक स्वर्ण पदक जितेका हुन् ।
त्यस्तै भारतका अमित जान्गिरले रजत पदक हात पारे । यता यमनका गामिल एल हामातीले कास्य पदक जिते । एशियाली एथ्लेटिक्स च्याम्पियनसिपमा जीतबहादुर केसीले नेपाललाई पहिलो पदक जितेयता एशियाली एथ्लेटिक्समा नेपालले अहिलेसम्म पदक जित्न सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया