राजपाद्वारा संसद बैठक अवरुद्ध

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आजको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । बैठक १० मिनेटका लागि स्थगत गरेका छन् ।

आइतवार दिउँसो तीन बजेको बस्ने भनिएको प्रतिनिधिमसभा बैठक शुरु हुना साथ राजपा सांसदहरुले उभिएर संसद अवरुद्ध गरेको हो । 

संसदमा उभिएर बोल्दै राजपा नेता लक्ष्मणलाल कर्णले भने, ‘आज बडो दुर्भाग्य भयो, हामीले संसद बैठक अवरुद्ध गर्नुप-यो ।’

पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा बनेको प्रतिवेदन सार्वजनिक नभएसम्म संसद चल्न नदिने लालले बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?