विश्व सितोरियो कराँतेमा नेपालले जित्यो दुई पदक

काठमाडौं । जापामा जारी नवौं वल्ड सितोरियो कराँते च्याम्पियनसिपमा नेपालले एक रजत र कास्य पदक जितेको छ ।  

नेपालका दिगम्बरप्रसाद पन्तले ८४ केजीमाथि तौल समूहमा रजत पदक हात पारेका हुन् । उनी आइतवार भएको फाइनल खेलमा  काजकिस्तानका खेलाडी तसिम अदिलसँग फाइनलमा ५–० ले पराजित हुँदै स्वर्ण पदक जित्नबाट बञ्चित बनेका थिए ।

नेपालले सितोरियो कराँते च्याम्पियनसिपमा जितेको यो नै सबैभन्दा ठूलो पदक हो । यसअघि उनले क्वाटरफाइनलमा  भेनेजुएलाका खेलाडीलाई ८–० ले पराजित गरेका थिए । 
त्यस्तै सेमिफाइनलमा मेक्सिकोको खेलाडीलाई हराएका थिए । 

त्यस्तै ६० केजी मुनि तौल समूहमा विजय श्रेष्ठले कास्य पदक हात पारे ।  उनले आइभरी कोस्टका खेलाडी काउबाली अब्दुलयीलाई ७–० ले हराउँदै कास्य पदक जितेका हुन् । 

नेपालले १७ वर्षपछि सितोरियोको विश्व च्याम्पियनसिपमा पदक जितेको हो। यसअघि नेपालले सन् २००२ मा टिम फाइटमा कास्य पदक जितेको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?