शेयर बजारमा ६ अङ्कले बढ्यो

काठमाडौं । शेयर बजारमा आइतवार ६ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ५ दशमलब ९९ विन्दुले बढेर एक हजार १६१ दशमलब ४५ विन्दुमा पुगेको हो । 

तयस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक १दशमलब ०८ विन्दुले बढेर २४७ दशमलब १७ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १ सय ७२ कम्पनीको १४ लाख ७७ हजार ८ सय ९२ कित्ता शेयर ३७ करोड १२ लाख ३६ हजार २ सय ५२ मा कारोवार भएको छ । 

कारोवार भएका कूल दश उपसमूहमध्ये आइतवार तीन उपसमूहको शेयर कारोवार घटेको छ भने सात उपसमूहको शेयर भने बढेको छ । होटल २० दशमलब ३६, विकास बैंक ४ दशमलब ६५ र अन्य उपसमूह ० दशमलब ७१ विन्दुले घटेको छ ।

यस्तै बैंकिङ ७ दशमलब ६१, जलविद्युत् ९ दशमलब १, वित्त ६ दशमलब ९२, निर्जीवन बीमा २ दशमलब ४४, उत्पादन ३५ दशमलब ४१, लघुवित्त १, जीवन बीमा ४५ दशमलब ८५ विन्दुले बढेको छ । 

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको चार करोड ४६ लाख एक हजार ४ सय ४० कारोवार भई शीर्ष स्थानमा पुगेको छ भने नेपाल इन्भेस्टमेन्ट बैंकको दुई करोड ९३ लाख ३१ हजार ५ सय १७, एनआइसी एशिया बैंकको एक करोड ५४ लाख ४९ हजार ६ सय ९२, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको एक करोड ४५ लाख ६ हजार ९ सय ४३ बराबरको कारोवार भएको छ । 

स्टकका अनुसार आशा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९ दशमलब ८४, युनाइटेट फाइनान्स ९ दशमलब ५५, श्रीराम सुगर मिल ८ दशमलब ५९, राधी विद्युत् कम्पनी ७ दशमलब ८३, जानकी फाइनान्स ६ दशमलब ८३, सिन्धु विकास बैंकका शेयरधनीले ६ दशमलब ४५ प्रतिशतले कमाएका छन् । 

त्यस्तै तिनाऊ डेभलपमेन्ट बैंकका शेयरधनीले ६ दशमलब ७४, घलेम्दी हाइड्रो पावर ४ दशमलब ९०, ङादी समूह ४ दशमलब ६१, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका शेयरधनीले ४ दशमलब ३६ प्रतिशतले गुमाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?