राजपा सरकारमा नरहेकाले आफूले समर्थन फिर्ता लिनुको अर्थ छैन : उपेन्द्र यादव

मोरङ । संघीय समाजवादी फोरम नेपालका संयोजक उपेन्द्र यादवले सरकारबाट तत्काल बाहिरिने कुरा नभएको बताएका छन् । 

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले आइतवार दिउँसो विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सो कुरा बताएका हुन् । 

पार्टीले वर्तमान सरकार छाड्ने सम्बन्धमा कुनै सोच नबनाएकाले आफ्नो पार्टी सरकारमै बसेर काम गर्ने समेत बताए ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले एकता प्रक्रिया अगाडी बढाउन सरकार छाड्नु पर्ने एक मात्र शर्त संघीय समाजवादी फोरम नेपाल सामु राखेको छ । 

तर, उपप्रधानमन्त्री यादवले राजपा संघीय सरकारमा नरहेकाले समर्थन फिर्ता लिनुको कुनै अर्थ नरहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?