महिला साफ फुटबल : भारत समूह विजेता तथा श्रीलंका उपविजेता बन्दै सेमिफाइनलमा

विराटनगर । भारत समूह ‘बी’को विजेता बन्दै जारी महिला साफ फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । 

यता श्रीलंका भने उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो । शहिद रंगशालामा आइवार भएको खेलमा भारतले श्रीलंकालाई ५-० गोल अन्तरले पराजित ग-यो । भारतको लागि खेलको चौथो मिनेटमा नै ग्रासिया डाङमेईले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाइन् ।

त्यस्तै, सातौं मिनेटमा सन्ध्या रंगनाथनले गोल गरिन् । ३६ औँ मिनेटमा इन्दुमती काथेरेसनले, ४५ औँ मिनेटमा संगिता बासफोरले गोल गरिन् । त्यस्तै ४७ औँ मिनेटमा रतन बाला देविले गोल गरिन् । त्यसपछि खेलमा थप गोल भएन र खेल भारतले ५-० गोलको शानदार जित हात पा-र्यो । 

यसअघि नेपाल समूह ‘ए’ विजेता तथा बंगलादेश उपविजेता बन्दै अन्तिम चारमा पुगेको थियो । अब फाइनल प्रवेशको लागि भारतले बंगलादेशको तथा नेपालले श्रीलंकाको सामना गर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?