प्रदेश २ मा राजपाले मन्त्री हेरफेर नगर्ने

 काठमाडौं– प्रदेश २ को सत्ता साझेदार दल राष्ट्रिय जनता पार्टी (राजपा), नेपालले प्रदेश सरकारमा रहेको मन्त्रीहरू तत्काल हेरफेर नगर्ने भएको छ।

गत फागुनमा प्रदेश स्तारीय बैठकमा जुटेको राजपालाई कार्यकर्ताहरूले प्रदेश २ मा मन्त्रीको कार्यसम्पादन राम्रो नभएको भन्दै फेरबदल गर्न सुझाव दिएको थियो। संघीय समाजवादी फोरमसँग गठबन्धन गरी प्रदेश २ मा सरकार बनाएको राजपाबाट तीन ‘फुल’ मन्त्री र तीन राज्यमन्त्री छन्।

बजेट विनियोजन तथा अन्य कार्यमा पार्टीको हितविपरीत काम गरेको भन्दै अध्यक्ष मण्डलसहित प्रदेश २ मा बसेको बैठकमा स्थानीय नेताहरूले प्रदेश २ सरकार हेरफेर गर्न दबाब दिएको थियो। केही दिनअघि होटल हायातमा तीन दिनसम्म बसेको अध्यक्ष मण्डलको बैठकले तत्काल मन्त्री हेरफेर नगर्ने निर्णय गरेको हो। पार्टी कार्यालयमा कार्यकर्ताको भीडले निर्णय गर्न समस्या हुने भन्दै बैठकका लागि तीन दिनसम्म होटल हायत धाएका अध्यक्ष मण्डलका छ नेताले अहिले नै मन्त्री हेरफेर गर्न उचित नहुने निष्कर्ष निकालेको हो। यद्यपि अहिलेसम्म पार्टीले निर्णय भने सार्वजनिक गरिसकेको छैन। नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?