भोजपुर, १० कात्तिक वर्षायाम शुरु भएसँगै बन्द भएका भोजपुर जिल्लाका ग्रामीण सडक सञ्चालनमा आएका छन् वर्षायाममा बन्द भएको यातायात सेवा लामो समयपछि सञ्चालनमा आएको हो । यातायात सेवा सञ्चालनमा आएपछि बस व्यवसायीले जिल्लाबाट विभिन्न दूरीमा सञ्चालन गरिने यातायात सेवाको समयतालिका समेत सार्वजनिक गरेका छन् तालिका अनुसार भोजपुरबाट जिल्लाको पश्चिमी क्षेत्र खोटाङको सिमानास्थित चखेवा भञ्ज्याङका लागि दैनिक दुईवटा (बिहान र अपराह्न) र दाँवा, बलौटेका लागि दैनिक एकवटा बसले सेवा दिने संयुक्त बस व्यवसायी संघ भोजपुरका अध्यक्ष गोपाल मोक्तानले जानकारी दिए त्यस्तै, उत्तरमा दिङ्ला तथा दक्षीणमा घोरेटार लगायतका ठाउँमा भने साना ट्याक्सी सञ्चालनमा ल्याइने भएको छ । ग्रामीण क्षेत्रमा यातायात सेवा सञ्चालन भएपछि भोजपुरलगायत खोटाङका सर्वसाधारणलाई आवतजावतमा निकै सहज भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया