क्याप्टेनको सावधानिले जोगियो काठमाडौं आउँदै गरेको विमान, भएको के थियो ?

काठमाडौं । दुबइको आबुधाबीबाट काठमाडौं आउँदै गरेको इवाइ २९० विमान र भियतनामबाट पेरिस जाँदै गरेको एयर फ्रान्सको बोइङ ७७७ जहाज एकआपसमा ठोक्किनबाट जोगिएको छ । 

इवाइ विमान ३१ हजारको फिटको उचाइमा उडिरहेको थियो भने बोइङ ३२ हजार फिटको उचाइमा उडिरहेको थियो । यसरी उडिरहेको विमान केही सेकेण्डको दूरीमा ठोक्किनबाट जोगिएको हो । 
भारतको प्रमुख सञ्चारमाध्यम टाइम्स अफ इण्डियाले मुम्बई एयर ट्राफिक कन्ट्रोललाई उधृत गर्दै सो कुरा बताएको हो । 

मुम्बई एयर ट्राफिक कन्ट्रोलका अनुसार गत शुक्रवार अपरान्ह काठमाडौं आउँदै गरेको इतिहाद एयरलाइन्स र पेरिसतर्फ गइरहेको एयर फ्रान्सका जहाज केही सेकेण्डको दूरीमा ठोक्किनबाट जोगिएका हुन् ।

अपरान्ह १ बजेर ४० मिनेटको समयमा इतिहादको उडानलाई ३३ हजार फिट उचाइमा जान मुम्बई एयर ट्राफिक कन्ट्रोलले निर्देशन दिएको थियो । 

ट्राफिक कन्ट्रोलको निर्देशन आनुसार काठमाडौं आउँदै गरेको जहाजले उचाइ लिने क्रममा विपरित दिशाबाट आइरहेको एयर फ्रान्सको जहाजसँग आमने सामने भयो । स्रोतलाई उ

धृत गर्दै टाइम्स इण्डियाले लेखेको छ, ‘दुई एयरक्राफ्ट मात्र तीन नटिकल माइल टाढा थिए, यो भनेको केही सेकेण्डको मात्र फरक हो, तर दुवै पाइलटको सावधानीका कारण विमानहरु आकाशमै ठोक्किनबाट जोगियो ।’

पछिल्लो दिनमा भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण भारतीय आकाशम विमानको चाप अत्याधिक बढेको छ । पाकिस्तानले विमान उडानका लागि आफ्नो आकाश नखोलेका कारण नेपालतर्फ आउने अन्तर्राष्ट्रिय विमान हिन्द महासागरको माथि भारत छिरेर आउने गर्छन् । 

यसैगरी यो घटनालाई भारतीय अधिकारीहरुले अनुसन्धान गर्ने भएका छन् । उनीहरुले यो घटनाको छानविन गरी लापरपाही गर्नेलाई कारबाहीको तयारी भइरहेको जानकारी दिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?