म्याकलरोयले जिते प्लेयर गल्फ च्याम्पियनसिपको उपाधि

एजेन्सी । बेलायतका रोरी म्याकलरोयले प्लेयर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् ।

प्रोफेनल गल्फर म्याकलरोयले फाइनल चरणको खेलमा अमेरिकी जिम फेरिकलाई पछि पार्दै उपाधि आफ्नो कब्जामा पारेका हुन् । उनले २ अण्डर पार ७० स्कोर बनाउँदै उपाधि जितेका हुन् । यो सिजनको पहिला उपाधि जितेका म्याकलरोय अर्को महिनादेखि शुरु हुने ग्राण्डस्लाम मास्र्टस गल्फ खेल्ने तयारीमा रहेका छन् । 

उपाधि जितेपछि खुशी हुँदै उनले भने, ‘मलाई लाग्छ यो प्रतियोगितामा मैले मेरो खेल जिवनकै उत्कृट प्रर्दशन गरेको छु, यहि प्रर्दशनलाई आगामी प्रतियोगिताहरुमा निरन्तरता दिनेछु ।’

२९ वर्षे म्याकलरोयले सन् २०११ मा युएस ओपन, २०१२ र २०१४ मा युएस पिएसजी गल्फ तथा २०१४ मा नै मास्टर्स गल्फ च्याम्पियनसिपको उपाधि जितेका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?