सिरी ‘ए’ लिग : उडिनेसविरुद्धको खेलमा गोलरक्षक डेभिड बेहोस

एजेन्सी । इटालियन क्लब नपोलीका गोलरक्षक डेभिड ओस्पिना मैदानमा नै बेहोस भएका छन् । 

जारी सिरी ‘ए’ लिग अन्तर्गत उडिनेसविरुद्धको खेलका दौरान गोलरक्षक ओस्पिना बेहोस हुँदै मैदानमा नै लडेका थिए । मैदानमा बेहोस भएपछि उनलाई तत्काल अस्पाल लगिएको थियो । खेल शुरु भएको सात मिनेटमा नै उनले टाउकोमा चोट बोकेका थिए ।

उडिनेसका खेलाडी पुसेट्टोसँग एक आपसमा ठोकिँदा डेभिडको टाउकोमा चोट लागेको थियो । तर, उनी प्राथमिक उपचारपछि ब्यान्डेज बाधेर मैदानमा फर्किएका थिए । खेलको पहिलो हाफ सकिनै लाग्दा उनी बेहोस भएका थिए ।

इंग्लिस क्लब आर्सनलबाट लोनमा नेपोलीमा आवद्ध भएका उनी अहिले खतरामुक्त भएको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उक्त खेलमा नेपोलीले उडिनेसलाई ४-२ गोल अन्तरले पराजित भएको थियो ।

यो जितपछि नेपोलीको ६० अंक छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?