प्रदेश २ का राज्यमन्त्री काम बिहीन, जिम्मेवारी नपाएपछि पार्टी गुहार्दै

धनुषा । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले जिम्मेवारी नपाएपछि पार्टीलाई गुहारेका छन् । 

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको तर्फबाट सिरहाको क्षेत्र नम्बर ४ को (ख) बाट निर्वाचित मण्डल प्रदेश दुईको राज्यमन्त्रीको भएको नौ महिना भयो । तर, नौ महिनासम्म उनले मन्त्रालयमा कुनै जिम्मेबारी पाएका छैनन् । 

यसैगरी भौतिक पुर्वाधार र सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी पाएका डिम्पल झा र अभिराम शर्मा पनि काम बिहीन छन् ।

गत साउन ९ गते झाले भौतिक विकास राज्यमन्त्रीको जिम्मेवारी पाएकी थिइन् । तर, हालसम्म पनि कसैले जिम्मेवारी पाएका छैन । 

मन्त्रालय आउजाउ र सार्वजनिक कार्यक्रममा सहभागिता बाहेक उनीहरुले पद अनुरुपको विभागीय जिम्मेवारी पाएकै छैनन्  । 

जिम्मेवारी नपाएका राज्यमन्त्रीहरुले पार्टीलाई गुहारेका हुन् ।

जिम्मेवारी नपाएका राज्यमन्त्रीहरुले राजपा अध्यक्ष मण्डलका समक्ष कि त जिम्मेवारी दिलाउन नभए सरकारबाट फिर्ता बोलाउन माग अघि सारेका छन् । 

यो सँगै राजपाले तीन दिनभित्र राज्य न्त्रीलाई अधिकार प्रत्योजन गर्न आफ्नो तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई अल्टिमेटमसहितको पत्राचार गरेको अध्यक्ष मण्डलका एक सदस्यले जानकारी दिए ।

राजनीतिक जोड घटाउ मिलाउनकै लागि राजपाबाट तीन र संघीय समाजवादी फोरमबाट तीन गरी ६ जना राज्यमन्त्री नियुक्त भएका थिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?