युनियन हाइड्रोपावरले ‘आइपीओ’ जारी गर्ने

काठमाडौं । यहि चैत दोस्रो सातादेखि युनियन हाइड्रोपावरले ‘आइपीओ’ जारी गर्ने भएको छ । 

हाइड्रोपावरले लक्ष्मी क्यापिटलमार्फत आयोजना प्रभावित क्षेत्रका बासिन्दाबाट ३५ लाख ३४ हजार ३ सय ४० कित्ता शेयर निष्काशन गर्न लागेको जनाएको हो ।

 कूल निष्काशित आईपिओमध्ये ७० हजार ६ सय ८६ कित्ता हाइड्रोपावरका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ। त्यस्तै सामूहिक लगानी कोषहरुले खरिद नगरेपश्चात बाँकी ३४ लाख ६३ हजार ६ सय ५४ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यस आईपिओ छिटोमा चैत १७ गते बन्द हुनेछ । त्यस्तै आवश्यक आवेदन नपरेको खण्डमा आगामी बैशाख १२ गतसम्म खुल्ला गर्ने हाइड्रोपावरले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?