तपाईको नानीबाबू एसईई परीक्षा दिँदै हो ? यस्तो बनाउनुस् पढ्ने वातावरण !

“हाम्रा छोराछोरीहरुलाई ति सबै कुराहरु प्राप्त गर्न सकुन जुन हिजो हामीलाई प्राप्त हुन सकेन ।”

अधिकांश अभिभावकहरुको साझा विचार हो यो । 

त्यसैले पनि छोराछोरीहरुका हरेक साना–ठुला चाहनाहरु पुरा गर्नका लागि सधैं प्रयत्नशील रहन्छन्, आमाबुबा । जुन स्वभाविक पनि हो ।

हिजोआज अभिभावकहरु नानीबाबुहरुलाई सकेसम्म धेरै भन्दा धेरै भौतिक वा शारीरिक, सुखसुविधा उपलब्ध गराएर सम्पन्न रुपमा हुर्काउने कोशीश गरिरहेका छन् । तर अधिकांश अभिभावक एउटै कुरामा भुकेका हुन्छन् । त्यो हो असल संस्कार र व्यवहारीक ज्ञान । 

हिजोआज अभिभावकहरु नानीबाबुहरुलाई सकेसम्म धेरै भन्दा धेरै भौतिक वा शारीरिक, सुखसुविधा उपलब्ध गराएर सम्पन्न रुपमा हुर्काउने कोशीश गरिरहेका छन् । तर अधिकांश अभिभावक एउटै कुरामा भुकेका हुन्छन् । त्यो हो असल संस्कार र व्यवहारीक ज्ञान । 

बालबालिकामा भोलीका दिनमा सफल जीवन यापन गर्नका लागि आवश्यक अनुभव, ज्ञान र परिपक्ताको विकास कुन स्तर मा भैराखेको छ भन्ने कुरालाई खासै ध्यान दिने चलन नेपाली समाजमा छैन । 

आफ्ना नानीबाबुहरुलाई सुखसुविधा नदिने भन्ने हैन, दिनु पर्छ । तर यो सन्तुलित मात्रामा हुनुपर्छ भन्ने कुरामा भने अभिभावकहरु सचेत रहन आवश्यक छ । सुविधा दिने क्रममा कतै आभिभावकबाट केही कुराहरु नजरअन्दाज त भैराखेका छैनन् ? यो सोच्नु पर्ने प्रश्न हो । 

आफ्ना नानीबाबुहरुलाई सुखसुविधा नदिने भन्ने हैन, दिनु पर्छ । तर यो सन्तुलित मात्रामा हुनुपर्छ भन्ने कुरामा भने अभिभावकहरु सचेत रहन आवश्यक छ । सुविधा दिने क्रममा कतै आभिभावकबाट केही कुराहरु नजरअन्दाज त भैराखेका छैनन् ? यो सोच्नु पर्ने प्रश्न हो । 

नानीबाबुहरुलाई आवश्यकता भन्दा धेरै नियन्त्रण तथा बचाउ गरेर हुर्काउन खोजेको खण्डमा पनि उनिहरु आफ्नै खुट्टामा बलियोसँग उभिन आवश्यक अनुभव, ज्ञान र परिपक्वता हासिल गर्न बाट बन्चित हुन सक्छन् । यसले भविष्यमा उनीहरुलाई जो  कसैको सहारा चाहिन सक्छ । 

नानीबाबुहरुलाई पूर्ण रुपमा स्वतन्त्र छोडिदियो तथा उनिहरुलाई आवश्यक वा उचित मार्ग दर्शन गरिएन भने पनि परिपक्वताको अभावका कारण उनिहरुले गलत निर्णय लिन सक्ने डर उत्तिकै प्रबल हुन्छ ।

यसैले आफ्ना नानीबाबुहरु प्रति अभिभावकहरुको माया, हेरविचार,र नियन्त्रण गर्ने शैली एकदमै सन्तुलित हुन आवश्यक छ । 

एसईई परीक्षा नजिकिदैँ छ, आफ्ना छोराछोरीलाई सही दिशातर्फ डो¥याउन अभिभावकको भूमिका अहम हुन्छ । अभिभावकको समझदारी र सहयोगले नै छोराछोरीले परीक्षामा राम्रो अंक हासिल गर्न सक्छन् । अभिभावकको सार्थक सहयोगले नै नानीबाबुहरु प्रगतिपथमा लम्कन्छन् । लोकपथले लोकपथ ईडियू कार्यक्रममा बेला शिक्षाविद् तथा प्रिन्सीपलसँग केहि टिप्सहरु दिन अनुरोध गरेको थियो । 

अध्ययनको वातावरण

परीक्षाको समय निकै कठिन समय हो । यतिबेला विद्यार्थीहरु मानसिक रुपले थकित त हुन्छन् नै उनीहरुमा चिन्ता पनि हुन्छ परीक्षामा राम्रो अंक कसरी ल्याउने भनेर । यस्तो बेला अभिभावकहरु घरमा झै–झगडा गर्छन् भने छोराछोरीको मन-मस्तिष्कमा नकारात्मक आघात पर्छ  ।

झैझगडा मात्र होइन, अभिभावकको हरेक नकारात्मक गतिविधिले अध्ययनमा जुटेका छोराछोरीमा गम्भीर असर पर्छ । त्यसैले अध्ययनको राम्रो वातावरण सृजना गरिदिनुपर्छ । राम्रो वातावरणका लागि शान्त ठाउ भएर मात्र पुग्दैन, घरपरिवारको व्यवहार पनि आत्मीय र प्रेरणादायी हुनु पनि जरुरी छ । तर रिस डर धम्की देखाउनु कदापी हुँदैन । 

मनोविज्ञान बुझ्ने

हरेक बालबालिकाको मनोविज्ञान र क्षमता अनि रुचि फरक फरक स्तरको हुन्छ । सबै अभिभावक र विद्यालयको चाहना उस्तै हुन्छ । सबैले बराबर अंक प्राप्त गरुन् । जुन असम्भव प्रायः हुन्छ । अर्कोतिर कक्षा १० मा पुगेका बालबालिकाको उमेरका कारण, शरीरमा हुने वृद्धि विकास, हर्मोनको कारण एवम् मनोविज्ञान फरक तरिकाको हुन्छ । 

मैत्रीपूर्ण व्यवहार

परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई सधैं नै असल साथीको खाँचो हुन्छ र त्यो अभाव अभिभावक स्वयंले पूरा गर्न सक्छन् । आफू कति कमजोर छु, कुन–कुन विषयमा कमजोर छु भन्ने जस्ता कुरा उनीहरु आफ्ना साथीलाई मात्र भन्न सक्छन् । शिक्षक वा अभिभावकका अगाडि डरले पनि यस्ता कुरा लुकाउँछन् । त्यसैले उनीहरुको कमजोरी थाहा पाउन उनीहरूसँग मित्रवत् व्यवहार गर्नुपर्छ ताकि उनीहरु आफ्नो कमजोरीका सम्बन्धमा सजिलै खुल्न सकून् । छोराछोरीको कमजोरी बुझेर सोहीअनुरूपको शिक्षाको प्रबन्ध गर्न सकिन्छ । 

कक्षा १० मा पुगेका छोराछोरीको उमेर भनेको सुन्दर देखिन खोज्ने, स्मार्ट बन्न खोज्ने उमेर हो । यसलाई अभिभावकले बुझेर हौसला र आवश्यक सल्लाह दिनुपर्दछ । परीक्षा र नतिजामा मात्र ध्यान दिने होइन, उनीहरुका इच्छा र स्वतन्त्रतालाई पनि ध्यान दिनु असल अभिभावकको गुण हो ।

शिक्षकको भूमिका

अभिभावकले शिक्षकका रुपमा पनि भूमिका खेल्नुपर्ने हुन्छ । छोराछोरीलाई अनुशासनमा बाँधेर, उनीहरूले नबुझेको कुरा सहज रुपमा उनीहरुलाई सिकाइदिनु अभिभावकको कर्तव्य हो । 

प्रेरणाको स्रोत

छोराछोरीका निम्ति सधै प्रेरणादायी भूमिका अभिभावकले नै खेल्नुपर्छ । प्रेरणाले छोराछोरीहरुमा नयाँ ऊर्जा थपिन्छ, केही गर्छु भन्ने जोस आउँछ । ‘तिमी परीक्षामा सफल हुन्छौ, तिमीले गरेको प्रयास राम्रो छ’ जस्ता प्रेरणादायी बोली व्यवहार उनीहरुमाथि झल्काइरहनुपर्छ । अध्ययनका क्रममा उनीहरूमा हीनताबोध सिर्जना हुन दिनु हुँदैन । उचित हौसला एवम् प्रेरणाको अभावमा पनि विद्यार्थीहरु कमजोर हुन्छन् । 

सहयोगी

अध्ययन गरिरहेको बेलामा अभिभावकले बारम्बार डिस्टर्व गर्नु हुँदैन । तसर्थ उनीहरूलाई डिस्टर्ब हुने कुराबाट सचेत रहनुपर्छ । धेरै पढ्–पढ् भन्दा पनि उनीहरु निरास हुन सक्छन् ।  त्यसैले पनि उनीहरुलाई पढ्नको लागि राम्रो वातावरणको सहयोग गर्नु पर्छ । 

समय दिने

आजभोलिका अभिभावक सबै नै व्यस्त छन् र पनि प्रत्येक दिन १०-१५ मिनेट समय छुट्ट्याएर छोराछोरी संवाद गर्नुपर्छ । छोराछोरीलाई आफैं मेहनत गर भनेर अराउने, के कति पढ्यौ, कति समय पढाइमा दियौ, टीभी हे-यो कि हेरेन, कम्प्युटरमा धेरै बस्यो कि फेसबुक चलायो कि जस्ता प्रश्न कुनै पनि छोराछोरीलाई मन पर्दैन । 

यस वर्षबाट एसईई परीक्षामा प्रदेशगत फरक प्रश्न सोधिने भएको छ । गत वर्ष देशभर चार किसिमको प्रश्न सोधिएको थियो । साधारणतर्फको अनिवार्य छवटा विषयको प्रश्नपत्र प्रदेशगत रूपमा फरक बनाइने भएको हो । प्राविधिक र संस्कृततर्फ सबै प्रदेशमा एकै प्रकारका प्रश्नपत्र रहने छन् । 

यस वर्षको एसईई परीक्षामा चार लाख ७५ हजार तीन परीक्षार्थी सम्मिलित हुने भएका छन् । नियमिततर्फका चार लाख ५० हजार १८६ परीक्षार्थी छन् । देशभरि एक हजार ९६९ परीक्षा केन्द्र कायम गरिएको छ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म चैत १० देखि २१ गतेसम्म सञ्चालन हुँदैछ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?