अर्थमन्त्री खतिवडाद्वारा नागरिक लगानी कोषलाई चेतावनी

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नागरिक लगानी कोषको गतिविधिलाई नजिकबाट नियाली रहेको बताएका छन् । 

कोषको २९ औँ वार्षिकोत्सव तथा भवन शिलान्यास कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले कोषलाई मुद्रा बजारमा नखेल्न निर्देशन समेत दिएका छन् । उनले भने, ‘पूँजी बजारमा नै तपाईहरुको लागि पर्याप्त लगानीको क्षेत्र छ, मुद्रा बजारमा धेरै नखेल्नोस् तपाईहरुको क्षेत्र मुद्रा बजार होइन्, ब्याजदर तलमाथि पार्ने कोशिस नर्गनुस् ।’

साथै उनले नियामक निकाय छैन भनेर भ्रममा नपर्न समेत जानकारी दिए । 

अर्थमन्त्री खतिवडाले दिर्घकालिन पूँजीबजारमा कोषको भुमिका महत्वपूर्ण रहेको उल्लेख गर्दे  धितोपत्र बजारबाट पूँजी उठाउन चाहाने र ऋण लिन खोज्नेलाई सहजिकरण गर्नुपर्ने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?