काठमाडौं । सरकारको लागि आन्तरिक ऋणको जोहो गर्न नेपाल राष्ट्र बैंकले पुन २७ अर्ब ६६ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्नै भएको छ ।
भोलि सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा टे«जरी बिल बिक्री गर्न लागिएको जानकारी राष्ट्र बैंकले दिएको छ ।
बोलकबोलको माध्यमद्धारा बिक्री गरिने ट्रेजरी बिलको जारी मिति कात्र्तिक १४ गते तोकिएको छ भने ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने छन् ।
राष्ट्र बैंकका अनुुसार बिक्री गरिने कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको आठ अर्ब १० करोड, एक सय ८२ दिने अवधिको १३ अर्ब र तीन सय ६४ दिने अवधिको एक अर्ब ५६ करोड रुपैंयाँ बराबरको रहेको छ । राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० मंसिर १२ गते, २०८० माघ १६ गते, २०८१ जेठ १८ गते र २०८१ कात्र्तिक १३ गते तोकिएका छन् । यि सबै ट्रेजरी बिलहरु पुरानो नविकरण अन्र्तगतका हुन् ।
यसअघि यही कात्र्तिक तीन गते पनि १६ अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरी सरकारको लागि आन्तरिक ऋणको जोहो गरिदिएको राष्ट्र बैंकको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया