तारकेश्वरपछि काठमाडौंको टोखामा बर्डफ्लु भेटियो, संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । काठमाडौंको टोखामा पनि बर्डफ्लुको संक्रमण देखिएको छ । 

यस अघि तारकेश्वर नगरपालिकामा बर्डफ्लुको संक्रमण देखिएपछि उच्च सर्तकर्ता अपनाइएसँगै टोखामा पनि बर्डफ्लुको संक्रमण देखा परेको हो । 

तारकेश्वर ७ स्थित सागर र आकाश पोल्ट्री फार्ममा रहेको कुखुरामा बर्डफ्लुको संक्रमण देखिएपछि करीब २८ हजारको संख्यामा कुखुरा नष्ट गरेको पशु सेवा विभाग अन्तर्गतको पशु क्वारेन्टाइनका उप महानिर्देशक सम्झना कुमारी काफ्लेले जानकारी दिए ।

उपमहानिर्देशक काफ्लेका अनुसार संक्रमण देखिएको स्थान वरिपरि बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । विभागका महानिर्देशकको अध्यक्षतामा बनेको समन्वय समितिले सो स्थानको निरीक्षण गरेर पन्क्षी र पन्क्षीजन्य पदार्थ नष्ट गरिसकेको उप महानिर्देशक काफ्लेको भनाइ छ ।

यसअघि हेटौँडामा पनि बर्डफ्लु भेटिएको थियो । हेटौँडामा करिब २१ हजार कुखुरा नष्ट गरिएको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?