राजपाद्वारा संसद बैठक अवरुद्ध, लाल प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आजको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । बैठक १० मिनेटका लागि स्थगित गरिएको छ । 

सोमवार दिउँसो २ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक शुरु हुना साथ राजपा सांसदहरुले उभिएर विरोध जनाएपछि संसद अवरुद्ध भएको हो । 

टीकापुर घटनाबारे सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित आयोगको प्रतिवेदन सार्वजनिक नभएसम्म संसद चल्न नदिने राजपाको अडान छ ।

सभामुख कृष्णबहादुर महराले बारम्बार रुलिङ गर्दा समेत सरकारले प्रतिवेदन सार्वजनिक नगरेपछि बाध्य भएर सदन आन्दोलन थालेको राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले बताए । 

सरकारले संसदको रुलिङ नमान्नु दुर्भाग्यपूर्ण रहेको भन्दै नेता यादवले लाल प्रतिवेदन सार्वजनिक नभएसम्म सदनको कामकारवाही अगाडि बढ्न नसक्ने दोहोर्याएका छन् । लाल आयोगको प्रतिवेदन सार्वजनिक नहुँदा राजपा सांसद रेशम चौधरीलाई टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको सजाय भएको राजपाको बुझाइ छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?