न्युजिल्याण्ड सरकारले बन्दुकसम्बन्धी कानूनमा सुधार गर्ने

एजेन्सी । न्युजिल्याण्डका प्रधानमन्त्री जासिन्दा एर्डेनले सोमवार बसेको मन्त्रिपरिषद बैठकमा १० दिनभित्र बन्दुक सम्बन्धी कानूनमा सुधार गर्ने धारणा राखेका छन् ।  

बन्दुकसम्बन्धी नियममा सुधारगर्ने सम्बन्धमा संयुक्त गठबन्धन पार्टीहरु न्युजिल्याड लेबर पार्टी, न्युजिल्याण्ड फस्ट पार्टी र ग्रीन पार्टीबीच सहमती भएको एर्डेनले मन्त्रिपरिषदको बैठकपछि भएको एक प्रेस सम्मेलनमा बताएका छन् ।  

यद्यपी यस कानूनमा के कस्तो सुधार गरिने हो भन्ने बारेमा भने उहाँले विस्तृत जानकारी दिएका छैन । 
गत शुक्रबार मात्र न्युजिल्याण्डमा क्राइस्टचर्चमा भएको आतङ्ककारी हमलाबाट ५० जना व्यक्तिको ज्यान गएपछि बन्दुकसम्बन्धी कानूनलाई सक्दो छिटो सुधार गर्ने बताएका हुन् ।  

क्राइस्टचर्चमा भएको आतङ्ककारी आक्रमणको पनि अनुसन्धान भइरहेको उनले बताएका छन् ।  
यस भीषण आक्रमणमा परी थप ५० जना घाइते भएका थिए । सो आक्रमणपछि न्युजिल्याण्डमा पनि चर्चलगायतका विभिन्न धार्मिक समूहको सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?