काठमाडौं । नेपाल राष्ट्र बैंकले १७ करोड ६७ लाख रुपैयाँ संस्थागत निक्षेप लगानीको लागि बैंक तथा फाईनान्स कम्पनीहरुसंग प्रस्ताव मागेको छ । बैंकको आफ्नो बिभिन्न कोषहरुमा रहेको रकम तीन सय ६५ दिने मुद्धती निक्षेपकोरुपमा लगानी गर्न प्रस्ताव मागिएको राष्ट्र बैंकको भनाई छ ।
लगानीको अवधि २०८० मंसिर चार गतेदेखि २०८१ मंसिर तीन गतेसम्म रहेको छ । लगानी गरिने कुल रकम मध्येमा बाँणिज्य बैकहरुको लागि १४ करोड १४ लाख, बिकास बैंकहरुको लागि दुई करोड ६५ लाख र फाईनान्स कम्पनीहरुको लागि ८८ लाख रुपैयाँ छुट्याईएको राष्ट्र बैंकको भनाई छ ।
रकम लगानीको लागि बैंक तथा फाईनान्स कम्पनीहरुले यही कात्र्तिक १४ गतेसम्म नेपाल राष्ट्र बैंकमा आफुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुपर्ने छ ।
राष्ट्र बैंकका अनुसार रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुुनुुपर्ने लगयातका न्युनतम शर्तहरु तोकिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया