शेयर बजार सात अङ्कले घट्यो

काठमाडौं । पछिल्ला केही दिनमा सुधार देखिएको धितोपत्र बजार सोमवार भने घटेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७ दशमलब ४७ विन्दुले घटेर एक हजार १५३ दशमलब ९८ विन्दुमा झरेको छ । 

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १ दशमलब ६२ विन्दुले घटेर २४५ दशमलब ५४ विन्दुमा पुगेको छ । परिसूचक घटेपनि कारोवार रकम भने बढेको छ । कूल १६९ कम्पनीको १३ लाख ९३ हजार ५५८ कित्ता शेयर ३६ करोड सात लाख नौ हजार ७८० मूल्यमा खरीद बिक्री भए । 

कारोवार भएका दश उपसमूहमध्ये सोमवार दुई उपसमूहको मात्रै शेयर बढेको छ । आठ उपसमुहको शेयर ओरालो लागेको छ । स्टकका अनुसार वित्त ४ दशमलब ३८ र उत्पादन उपसमूह ७ दशमलब ६६ विन्दुले बढेको छ । 

त्यस्तै बैंकिङ ६ दशमलब ३७, होटल ७ दशमलब १४, विकास बैंक ६ दशमलब १९, जलविद्युत् १४ दशमलब ३९, निर्जीवन बीमा ६० दशमलब ४६, अन्य ० दशमलब ६४, लघुवित्त १० दशमलब ६८ र जीवन बीमा ७६ दशमलब ५३ विन्दुले घटेको छ । लगानीकर्ता ग्लोबल आइएमई बैंकको संस्थापक शेयरतर्फ आर्कषित हुँदा सोमवार सो बैंकको ६ करोड ३९ लाख १० हजार ५७२ मूल्य बराबरको कारोवार भएको छ । 

त्यस्तै साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको एक करोड ४७ लाख १४ हजार ८४६, एभरेष्ट बैंकको एक करोड २४ लाख ३२ हजार ५३१ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक करोड ७६ हजार ८११ बराबरको कारोवार भएको छ । 

स्टकका अनुसार युनाइटेड फाइनान्सका शेयरधनीले ८ दशमलब ७२ प्रतिशतले कमाएका छन् भने मल्टिपर्पोज फाइनान्स कम्पनीका शेयरधनीले ७ दशमलब १४, आशा लघुवित्त वित्तीय संस्था ४ दशमलब ९८, सिन्धु विकास बैंक ४ दशमलब ५५, श्रीराम सुगर मिल ४ दशमलब ५२ प्रतिशतले कमाएका छन् । 

त्यस्तै जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका शेयरधनीले ५ दशमलब १६, खानीखोला हाइड्रो पावर कम्पनी ४ दशमलब ८७, रैराङ हाइड्रो पावर ३ दशमलब ८०, अपि पावर कम्पनीका शेयरुधनीले ३ दशमलब ५९ प्रतिशतले गुमाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?