नेदरल्याण्ड्सको जुट्रेक्ट शहरमा अन्धाधुन्द गोली चल्दा दजनौं घाइते

एजेन्सी । नेदरल्यान्ड्सको जुट्रेक्ट शहरमा एक व्यक्तिले अन्धाधुन्द गोल चलाउँदा धेरै संख्यामा मानिसहरु घाइते भएका छन् । 
 
नेदरल्याण्ड्सको पूर्वी क्षेत्रमा रहेका २४ ओकटोबर्पेलेइनमा चल्ने ‘ट्राम’ मा गोलीबारी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम अलजजिराले जनाएको छ । अन्धाधुन्दा गोल चलाउने व्यक्ति अहिले फरार रहेको र खोजी कार्य भइरहेको जनाएको छ । 

गोली चलेको स्थानमा अहिले प्रहरी र मेडिकल हेलिकप्टरहरु पठाइएको छ। अहिले नेदरल्याण्ड्सको शहरमा चल्ने सबै ‘ट्राम’ सेवा रद्द गरिएको छ।

केही दिन अघि मात्र न्युजिल्यान्डको क्राइस्टचर्च शहरका दुई मस्जिदमा भएको गोलीकाण्डमा ५० जना भन्दा बढीले ज्यान गुमाएका थिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?