प्रहरीले फाल्यो विप्लव समुहको पार्टीको झन्डा र बोर्ड

बुटवल–विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीको कार्यालय “रातो घर” मा प्रहरी र राष्ट्रिय बाणिज्य बैंकका कर्मचारीहरुले हस्तक्षेप गरेका छन् ।

कार्यालयमा लगाएको ताल्चा तोडि नेपाल कम्युनिस्ट पार्टीको नाम लेखिएको मुख्य ब्यानर सहित झण्डाहरु समेत प्रहरीले जफत गरेको छ ।
जनयुद्ध कालमा राष्ट्रिय बाणिज्य बैंकको कार्यलय रहेको सो कार्यालय सुरुदेखि नै विप्लव नेतृत्वको नेकपाले आफ्नो पार्टी कार्यालयको रुपमा प्रयोग गर्दै आईरहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?