सुस्मिलाई कास्य पदक

काठमाडौं । नेपालकी सुस्मि श्रेष्ठले २९ औँ ओपन युरोपियन कराँते च्याम्पियनसिपमा कास्य पदक जितेकी छन् । 

सुस्मिले महिला ६५ केजीमा कास्य पदक जितेको नेपाल क्योकुसिन बुदोकाइ कराँते संघका महासचिव समेत रहेका प्रमुख प्रशिक्षक राजेन्द्र सुवेदीले जानकारी दिएका हुन् । 

नेडरल्यान्ड्सको हेगमा भएको प्रतियोगितामा सुस्मि होल्यान्डकी खेलाडीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेकी थिइन् । सेमिफाइनलमा बेल्जियमकी खेलाडीसँग अंक आधारमा चुकेपछि सुस्मि कास्य पदक मै सीमित भइन् । 

प्रतियोगितामा प्रमुख प्रशिक्षक सुवेदीले निर्णायकको भूमिका समेत निर्वाह गरेको बताइएको छ । प्रतियोगिता मार्च १६ र १७ तारिखमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?