समुद्री आँधीका कारण मोजाम्बिकमा एक हजार भन्दा बढीको मृत्यु

एजेन्सी । अफ्रिकाका मोजाम्बिकलगायत देशहरू भीषण वर्षापछि आएको समुद्री आँधीका कारण एक हजार भन्दा बढीको मृत्यु भएको छ । 

इडाई समुद्री आँधीबाट मोजाम्बिकमा मात्र धेरैको संख्यामा मानिसकहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ । त्यस्तै आँधीकै कारण जिम्बाब्बे, मलाबी पनि त्यसको चपेटामा परेका छन् ।

मोजाम्बिकका राष्ट्रपति फिलिप नुसीले आँधीका कारण १ हजार बढीको ज्यान गएको पुष्टि गरेका हुन् । 

बिहीवार ठूलो वर्षापछि प्रतिघण्टा १ सय ७७ किलोमिटरको बेगमा आँधी आएको थियो । आँधीका कारण बन्दरगाह सहर बेयरामा सबैभन्दा ठूलो क्षति पुगेको छ । 

आँधीले अफ्रिकाका दक्षिणी भेग पनि प्रभावित बनेको छ । त्यँहा  १ सय ८० जनाको मृत्यु भएको बताइएको छ । जिम्बाब्बेमा ९८ जनाको मृत्यु भएको छ भने २ सय १७ जना हराइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उद्धारमा सहभागी यूएन एडका एक कर्मचारीका अनुसार बेयराका पाँच लाख मानिसको घर क्षतिग्रस्त भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?