शाकिरीले युरोकप छनोटको दुई खेल गुमाउने

एजेन्सी । स्विट्जरल्याण्डका मिडफिल्डर जर्दान शाकिरीले यु्रोकप फुटबल अन्तर्गत छनोटको दुई खेल गुमाउने भएका छन् । 

शाकिरीले युरो कप छनोटको शुरुवाती दुई खेल गुमाउने भएका हुन् । ग्रोइनमा चोट बोकेका कारण उनले युरो कप छनोट खेल नखेल्ने भएका हुन् । इंग्लिस क्लब लिभरपुलका खेलाडी शाकिरीले यस सिजनमा ६ गोल गरिसकेका छन् । 

युरोकप छनोट अन्तर्गत यहि मार्च २३ तारिखमा जर्जिया र २६ तारिखमा डेनमार्कसँग खेल खेल्ने तालिका रहेको छ ।

गत वर्षको विश्वकप फुटबलको समूह चरणको खेलमा सर्बियालाई २-१ गोल अन्तरले पराजित गर्दै स्विट्जरल्याण्डलाई प्रि -क्वाटरफाइनलसम्म पु-याएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?