१५ तस्वीरमा हेर्नुहोस् होलीमय काठमाडौं

काठमाडौं । हिन्दुहरुको विशेष पर्व होली अर्थात फागु पूर्णिमा भोली ‘बुधवार’ मनाइदै छ । 

नेपालको पछाडी र हिमाली क्षेत्रमा मात्र बुधवार होली खेलिन्छ । त्यस्तै तराईमा भने ठिक त्यसको एक दिन पछि खेल्ने चलन रहेको छ । 

होली रंगै रंगको पर्व भएकाले पनि यस्को विशेषता र महत्वहरु फरक-फरक छन् । सबै उमेरवर्गमा लोकप्रिय यो पर्वमा एक अर्काबीच रमेर खेल्ने गरेको पाइन्छ । 

पुरानो कपडा लगाएर होली खेल्नु पर्छ भन्ने मान्यता पनि परिवर्तन हुँदै गएका छन् । होलीलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरु आयोजना हुने भएकाले पनि साथिहरु एउटै कपडा लगाएर जाने भन्ने ‘ट्रण्ड’ पनि शुरु भएको छ । 

'हेप्पी होली', 'होली आयो' लेखिएका टिस्टहरु होलीको पोशाक नै भएका छन् ।

अहिले बजार होलीमय बनेको छ । स्कुल कलेजदेखि सपिङ मल आदि स्थानमा होलीले रौनकता थपेको छ । होलीकोे तयारीस्वरुप अहिले उपत्यका गल्ली, बाटो तथा विभिन्न मल, सपिङ सेन्टर आदि स्थान झिलिमिली पारिएका छन् । 

अहिले सहर बजारका चोक, गल्ली, बाटो सबैतिर होलीका लागि लक्ष्य गरी बनाइएका रङ र अनेक चित्र भएका टिसर्ट झुन्डिरहेको देखिन्छ ।

विशेषगरी राजधानीका व्यापारिक केन्द्रहरु असन, न्युरोड, ठमेल, भृकुटीमण्डप र वसन्तपुर, काठमाडौं मल, सिटी सेन्टरलगायत विभिन्न सपिङ सेन्टरमा होलीले व्यापारमा रौनकता बढाइदिएको छ । ह्याप्पी होली लेखिएका टिसर्टदेखि पिच्करी, लोला, रङ आदिको बजार चुलिएको छ भने होलीको आगमनसँगै व्यापारीहरुमा पनि नयाँ किसिमको उत्साह थपिएको छ । 

युवापुस्तालाई लक्ष्य गरी उपत्यकाभरका पसल तथा सपिङ सेन्टरमा मात्र नभई फुटपाथका व्यापारी पनि होलीका सामग्रीको बिक्री वितरण गर्न व्यस्त देखिन्छन् ।

काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा रंगी विरंगी कपडाहरु बाँधिएको तीन तले चीर ठड्याएपछि देशभर होली पर्व शुरु भएको मानिन्छ  ।

 

तस्वीर: सरोज सिम्खडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?