होली विशेष सुरक्षा योजना, चेकपोइन्टदेखि मोबाइल गस्तीसम्म

काठमाडौं । होली पर्वलाई लक्षित गरेर काठमाडौं प्रहरी परिसरले विशेष सुरक्षा योजना लागू गरेको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले इच्छा विपरित रंग वा लोला हाने पक्राउ गरेर मुद्दा चलाउने तयारीसहित सुरक्षा योजना लागू  गरेको हो । 

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तकुमार लामाले अभद्र तरिकाले होली खेलिएको पाइए तत्काल पक्राउ गरेर हिरासतमा लिइने जानकारी दिएका हुन्। 

कसैले इच्छा विपरित रंग दलेको खण्डमा वा लोला हानेको अवस्थामा प्रहरी कन्ट्रोल १०० मा तुरुन्त खबर गर्न पनि सर्वसाधारणलाई प्रहरीले आग्रह गरेका छन् । होलीको दिन काठमाडौंमा मात्रै १७ सय ११ जना प्रहरी अधिकारी परिचालन गरिने बताइएको छ ।   होली पर्वलाई भद्र र सौहार्दपूर्ण बनाउने प्रयासमा प्रहरी रहेको छ । 

त्यसैगरि उपत्यकामा चेकपोइन्टहरु राखिएको छ भने मोबाइल गस्ती पनि बढाइएको छ ।

साथै, जिल्ला प्रशासन कार्यालय, काठमाडौंले यस वर्षको होलीमा सार्वजनिक कार्यक्रम आयोजना लागि २७ वटा समूहले अनुमति लिएका छन् । सुरक्षामा सम्बन्धित आयोजकका तर्फबाट स्वयम्सेवकसँगै प्रहरी पनि खटिने जनाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?