न्युजील्याण्डकी प्रधानमन्त्रीको संसदमा भावुक सम्बोधन, गोली प्रहार गर्नेको नाम नलिन आग्रह

एजेन्सी । न्युजील्याण्डका प्रधानमन्त्री जाकिन्दा आर्डेनले गोली प्रहार गर्ने व्यक्तिहरुको नाम नलिन आग्रह गरेकी छिन् ।

गत शुक्रबार  क्राइस्टचर्चस्थित दुई मस्जिदमा गोली प्रहार भएको थियो । उत्त। आक्रमणमा ५० जनाको मृत्यु भएको छ । 

न्युजील्याण्डको संसदमा बोल्दै प्रधानमन्त्री आर्डेनले त्यो व्यक्ति आतंककारी भएकोले त्यसको नाम चर्चित नबनाउन आग्रह गरेकी हुन् । बरु मारिएका व्यक्तिहरुको नाम लिनसमेत आग्रह गरिन् । उनी संसदमा निकै भावुक भएर प्रस्तुत भएकी थिइन् । 

गत शुक्रबार अष्ट्रेलियाका २८ वर्षिय युवक ब्रेन्टन टारेन्टले  मश्जिदमा गोली चलाउँदा ५० जनाको मृत्यु भएको थियो । प्रधानमन्त्री रहेकै बेलामा केही महिनाअघि बच्चाको आमा भएका कारण चर्चामा रहेकी न्युजील्याण्डका प्रधानमन्त्रीले अहिले आक्रमणको शिकार भएका मुश्लिम समुदायमाथि गरेको सकारात्मक व्यवहारका कारण उनको छबी फेरि एक पटक विश्व समुदायमा निकै उज्यालो भएको छ । 

न्यूजील्याण्डका प्रधानमन्त्रीले आज संसदमा बोल्दै मुश्लिम समुदायलाई सम्बोधन गर्ने क्रममा  अरेबिक अभिवादन ‘अल सलाम अलेइकुम ’ भनेकी थिइन् । त्यसको अर्थ हो— तपाईमा शान्ति होस् ।

यो घटना भएको दिनलाई प्रधानमन्त्री जेसिन्डा अर्डनले ‘कालो दिन’को संज्ञा दिएकी छन् । साथै उनले बन्दुकसम्बन्धी कानून संशोधन गरिने  समेत बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?