महिला साफ फुटबल : गोल भन्दा उत्कृष्ट प्रर्दशन गर्ने लक्ष्य : प्रशिक्षक खड्का

विराटनगर । नेपाली टिमका मुख्य प्रशिक्षक हरि खड्काले श्रीलंकाविरुद्धको खेलमा उत्कृष्ट प्रर्दशन गर्ने बताएका छन् । 

नेपाली महिला टिमले भोली ‘बुधवार’ साफ च्याम्पियनसिपको सेमिफाइनलमा समूह ‘बी’को उपविजेता श्रीलंकासँग खेल खेल्दैछ । श्रीलंकालाई पराजित गर्दै फाइनलमा पुग्ने नेपालको लक्ष्य रहेको उनले बताए । 

‘यसअघि हामीले समूह विजेता बन्ने लक्ष्य लिएका थियौं, त्यो पुरा भइुसकेको छ, अब फाइनलमा पुग्ने लक्ष्य बनाएका छौँ’, उनले लोकपथलाई बताए । 

साथै प्रशिक्षक खड्काले धेरै गोल गर्नुभन्दा जारी प्रतियोगितामा उत्कृष्ट खेल्दै फाइनलमा पुग्ने रणनीति बनाएको बताए । ‘श्रीलंकासँगको खेलका लागि नेपाली खेलाडीहरु शारीरिक र मानसिक दुवै रुपमा फिट छ’, उनले थपे । 

‘प्रतिद्धन्दी टिमलाई हामीले कहिले पनि कमजोर मान्दैनौं, तर, यो प्रतियोगितामा हेर्ने हो भने हामी पनि बलियो टिमका रुपमा नै रहेका छौँ, प्रशिक्षणका दौरान हामीले सिकेका टेक्निकल कुराहरुलाई प्रयोग गर्नेछौँ’, उनले भने । 

साथै उनले डिफेनसमा जोड दिदै काउन्टर आक्रमणलाई जोड दिने पनि बताए । ‘श्रीलंकाविरुद्धको खेल होसियारी पूर्वक खेल्दै जित निकाल्ने छौँँ’, प्रशिक्षक खड्काले बताए । 

त्यस्तै नेपाली टिमकी कप्तान निरु थापाले श्रीलंकाविरुद्धको खेलमा उत्कृष्ट खेल्ने बताइन् । समूह चरणमा अपराजित रहेको नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । नेपालले समूह चरणमा भुटान र बंगलादेशलाई पराजित गरेको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?