जनमत पार्टीद्वारा लाहानमा प्रदर्शन, नागरिक अभिनन्दन गर्ने कार्यक्रम स्थगित

सप्तरी । सीके राउत नेतृत्वको नव गठित जनमत पार्टीले लाहानमा आज प्रदर्शन गरेको छ ।

सरकारसँग ११ बुंँदै सम्झौतालाई ऐतिहासिक सफलता मान्दै राउतलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएपनि प्रदर्शन मात्र गरिएको हो ।

प्रदर्शनका क्रममा राउत लाहानस्थित मधेश आन्दोलनका शहिद रमेश महतोलगायतको शालिकमा माल्यार्पण गरेका छन् । 

अलग मधेशको मुद्दा छाडेपछि राउतका समर्थक घटेको र प्रदर्शन पनि फितलो भएको स्थानीय बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?